बच्चाका लागि संसारको पहिलो कोरोना भ्याक्सिनले पायो क्यानडामा मञ्जुरी

फाइजरको भ्याक्सिन बच्चाका लागि स्वीकृति पाउने संसारको पहिलो कोरोना भ्याक्सिन बनेको छ । क्यानडाको ड्रग रेगुलेटर हेल्थ क्यान्डाले १२ देखि १५ वर्षका बच्चाका लागि यो भ्याक्सिन लगाउने अनुमति दिएको छ । यसअघि यो भ्याक्सिन १६ वर्ष माथिका उमेर समूहलाई लगाइएको थियो । अमेरिकामा पनि फाइजर बायोएनटेकको कोरोना भ्याक्सिन १२ देखि १५ वर्षका बच्चालाई लगाउनका लागि अनुमति मिल्ने आशा गरिएको छ ।फाइजरको भ्याक्सिनको बच्चामाथि ट्रायल जनवरीदेखि मार्चबीच भएको थियो । त्यतिबेला भ्याक्सिन निर्माताले उसको भ्याक्सिन बच्चामाथि प

सम्बन्धित सामग्री

कोरोना महामारीपछि आयुर्वेदप्रति संसारको आकर्षण बढेको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताएकी छन् । बुधबार दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीपछि आयुर्वेदप्रति संसारको आकर्षण बढिरहेको बताइन् ।

कोरोना महामारीमा जीवन बीमाको अग्निपरीक्षा

सन् २०१९ डिसेम्बरदेखि फैलिएको कोभिड–१९ का विभिन्न भेरियन्टले विश्वलाई प्रभावित तुल्याएको छ । हालसालै देखिएको ओमिक्रोन भेरियन्टजस्तो महामारीको असर सम्पूर्ण विश्वसँगै नेपालमा पनि प्रत्यक्ष देखियो । यसले संसारको शिक्षा, उद्योग, पर्यटन, होटल व्यवसाय, मनोरञ्जन र व्यापारमा मात्र होइन, वित्तीय र यसअन्तर्गत रहेको बीमा क्षेत्रमा पनि सकारात्मक र नकारात्मक असर पारिरहेको छ । प्रविधि विकासका साथै बीमा उद्योगमा महामारीले चुनौती थपिरहेको छ । यस लेखमा आन्तरिक र वाह्य कारणबाट बीमा क्षेत्रमा देखिएको सबलता,

रोजगारीको क्षेत्रमा कोरोनाको असर

संसारकोे जनसंख्या ७ अर्ब ८२ करोड नाघेको छ । कोरोनाको पुरानो मात्रै होइन, नयाँँ भाइरससमेत देखिएको छ । कोरोना भाइरस एक वर्षमा विश्वको सेरोफेरो घुम्यो, चीनले तुरुन्तै नियन्त्रणमा लियो । संसारको समृद्ध देश अमेरिकाका ३३ करोड जनतामध्ये ६ प्रतिशत भनौँ १ करोड ९५ लाखलाई कोेरोना पुष्टि भयोे । सन् २००९ पछिको सबैभन्दा ठूलो आर्थिक मन्दी […]

चिप्स अभाव : कार निर्मातादेखि ग्राहकसम्म प्रभावित

कोभिड–१९ विश्वव्याधीले अनेक आयाममा प्रभाव पार्‍यो । आधारभूत मानवीय आवश्यकतादेखि सेवा सुविधा र सुरक्षाका साधनसम्ममा कोभिड असर देखा पर्‍यो । अझ, मानिसलाई संसारको एक कुनाबाट अर्को कुनासम्म पुर्‍याउने सवारीसाधनको उत्पादनसम्मलाई कोरोना महामारीले छोडेन । यतिखेर संसारभर हातमा रकम भएपनि मानिसहरूले गाडी पाइरहेका छैनन् ।आधुनिक सभ्यतामा गाडीलाई सुविधाको रूपमा मात्रै हेरिँदैन, सुरक्षा र स्वास्थ्यका दृष्टिले पनि अपरिहार्य नै ठानिन्छ । कोरोना भाइरस संक्रमण फैलिएको बेला एक मान्छेदेखि अर्

इन्डोनेसियामा डेल्टा भेरियन्टको कहर, अक्सिजन अभावले एउटै अस्पतालमा ६३ को मृत्यु

एजेन्सी।संसारको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा डेल्टा भेरियन्टका कारण संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ। गत सातादेखि अचानक संक्रमितको संख्या बढेको छ भने अक्सिजन अभावमा संक्रमितको मृत्यु हुन थालेको छ।बाली, जाभा र जकार्तामा लकडाउन गरिएको छ।जाभाको सारदजितो अस्पतालमा अक्सिजन अभावमा ६३ जनाको मृत्यु भएको छ। स्वास्थ्यमन्त्री बुदी गुनादी सादिकिनले विदा र पर्वपछि कोरोना संक्रमणदर तीव्र बनेको जानकारी दिएका छन्।

बेलायतमा सुरु भयो जी–७ को बैठक

एजेन्सी। बेलायतमा विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुक जी–७ को बैठक सुरु भएको छ। अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जर्मनी, जापान र इटालीका राष्ट्र प्रमुखबीचको बैठक सुरु भएको हो। सम्मेलनले कोरोना महामारीबाट कसरी बच्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। यसमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीन छैन। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सहभागिता जनाउनेछन्।

टोकियो ओलम्पिक अवश्य हुन्छ : आयोजक

बीबीसी।टोकियो ओलम्पिककी अध्यक्ष सेइको हासिमोतोले खेल १०० प्रतिशत आयोजना हुने बताएकी छन्। तर, कोरोना महामारी फैलन रोकिएन भने दर्शकरहित आयोजना गर्नुपर्ने पनि उनले चेतावनी दिइन्। संसारको सबैभन्दा ठूलो खेल सुरु हुन अब ५० दिन बाँकी छ। ओलम्पिक जुलाई २३ तारिखेदेखि सुरु गर्ने तालिका छ। जापानमा पछिल्लो पटक कोरोना संक्रमण ह्वात्तै बढेको छ। सुरक्षित ढंगमा खेल गराउनेबारे सोचिरहेको हासिमोतोले बताइन्।

कोरोनाको कारण अस्तव्यस्त बन्दै शैक्षिक स्तर

विश्वभरि नै कोभिड–१९ को प्रकोपले महामारीको रूप लिएको अवस्थामा झनै कोरोनाको दोस्रो लहरले संसारको अर्थतन्त्रदेखि लिएर मानिसहरूको जनजीवन नै अस्तव्यस्त बनाएको छ । अझै भन्नुपर्दा पहिलो चरणको कोरोना प्रकोपभन्दा पनि दोस्रो चरणको कोरोना भाइरसले संसारभर उग्र रूप लिन थालेको छ । दिन–प्रतिदिन कोरोनाले भयावह रूप लिँदै छ । दिन–प्रतिदिन कोरोना संक्रमितको दर बढ्दो रूपमा रहेको […]