पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालकाको चुरियामा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्युभएको छ ।
राजमार्गअन्तर्गत हेटौँडा १५ स्थित चुरियामाई मन्दिर उकालोमा शुक्रबार राति जनकपुरबाट काठमाडौँका लागि आएको ना ६ ख ६९६३ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना६३ प १५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार हेटौँडा ३ लेवटका अन्दाजी ४२–४३ वर्षीया देवी लामाको मृत्युभएको हो ।