पश्चिमी न्यून चापीय प्रणाली कमजोर, धेरै ठाउँको मौसम सामान्यतया सफा

काठमाण्डाै – आज धेरै ठाउँको मौसम सामान्यतया सफा रहने मौमसविद्ले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले आजदेखि दुई/तीन दिन धेरै ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको मौसमविद् संजीव अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बद्ली हुने सम्भावना छ । तर, कहि कतै बादल लागे पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीका कारण हिजो र अस्ति धेरै ठाउँको मौसम धुम्म भएको थियो । अस्ति धुम्म भएको काठमाण्डौमा भने हिजो द...

सम्बन्धित सामग्री

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

काठमाण्डाै – काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसाे देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीन/चार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसपालिको ह...

आजको मौसम सफा, भोलि रातिदेखि पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डाै - देशका धेरै ठाउँको मौसम आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज सबैजसो क्षेत्रमा घाम लाग्ने सम्भावना छ । तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हट्दै जाने सम्भावना रहेको उहाँले बताउनुभयो । आज देशका धेरैजसो ठाउँको मौसम सफा रहे पनि भोलि रातिदेखि भने पश्चिमी क्षेत्रमा वर्षा र हिमपातको अनुमान गरिएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने अनुमान रहेकाले भोलि रातिदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । यो...

सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम बदली तर पानी पर्ने सम्भावना कम

काठमाण्डाै - आज सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । यी प्रदेशमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नहुँदा देशभर नै पानी पर्न सकेको छैन । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो छ । दिउँसो पछि हट्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाको मौसम भने सामान्यतया सफा नै रहने अनुमान छ । काठमाण्डौ उपत्...

आजको मौसम : केही स्थानमा मौसम बदली, पहाडी भेगमा पानी पर्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा हल्का पानी पर्ने छ।पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावले आइतबार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।महाशाखाका अनुसार दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहने छ। बाँकी भू–भागमा पनि आंशिक बदली रहनेछ। यस्तै, पहाडी भू–भागका केह

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।  यसैगरी, आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भूभागहरुमा आंशिक बदली रहने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । यस्तै, देशका पहाडी भूभागका थोर

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमानबारे जानकारी दिएको छ ।महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भुभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको छ।भने, देशको पहाडी भूभागका केहि स्थान तथा प्रदेश नं १ को तराई भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा  छ। यसैगरी, दिउँसो देशको प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली र बा

आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशको कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहेको छ।यता, गण्डकी प्रदेश र प्रदेश नं १ का केही स्थानहरुमा साथै बागमती प्रदेशका थोरै स्थानहरुमा मे