संसदीय विशेष समितिले तयार गर्यो प्रतिवेदन, भोलि सभामुखलाई बुझाउँदै

अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोप छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेको छ । बिहीबार  बसेको समितिको अन्तिम बैठकले प्रतिवेदन तयार गरेको हो । समितिले १७ दिन लगाएर गरेको अध्ययनबाट प्रतिवेदन तयार गरिएको हो । असार २२ गते गठन भएको ११ सदस्यीय समितिले सुरुमा १० दिनको कार्याअवधि पाएको थियो । तर तोकिएको समयमा आवश्यक काम नसकिएपछि समितिको म्याद ७ दिन थप गरेको थियो ।आज सिंहदरबारमा बसेको सो समितिको अन्तिम बैठकले प्रतिवेदन तयार पारेको हो । समितिले भोलि प्र