भक्तपुरमा मनाइयो कुभिण्डे जात्रा

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डे जात्रा मनाइएको छ । विजया दशमीको भोलिपल्ट एकादशीको दिन थिमिमा मनाइने यो जात्रामा हातमा खड्ग बोकेका व्यक्तिहरुलाई नगर परिक्रमा गराउने गरिन्छ । मल्लकालदेखि चल्दै आएको विश्वास गरिने खाँ पिहाँवइगु जात्रामा खड्ग, तरबार ढाल सहित युद्ध कला प्रदर्शन गरिन्छ । खड्ग बोकेकाहरुले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डो माथि प्रहार […]