चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा १९ खर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले मात्र बढेको थियो। यस वर्ष रेमिट्यान्स वृद्धिदर उल्लेखनीय रूपमा […]