आजदेखि उच्च र जिल्ला अदालतमा गोला प्रणाली लागु

काठमाडौं । आजदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली सुरु भएको छ । सर्वोच्च फुलकोर्टको बैठकले दुवै तहका अदालतमा पनि गोलाबाट पेसी तोक्ने निर्णय गरेको थियो । फुलकोर्टले यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरेको थियो । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाबाट पेसी तोकिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको […]