ओलीका कारण प्रजातन्त्र धरापमा पर्‍यो : लोहनी

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन । पार्टीको चुनावचिन्ह सार्वजनिक तथा झण्डा अनावरण कार्यक्रमलाई मोरङमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष डा. लोहनीले जनताले स्थिर सरकारको निम्ति झण्डै दुइ तिहाइ मत नेकपालाई दिए पनि नेकपाले त्यसको दुरुपयोग गरेको बताए ।