जनकपुरधाम : सर्लाहीको कौडेना गाउँपालिकामा मतदानको विषयलाई लिएर तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरी हवाइ फायर गरेको छ।
कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रवार नेपाली कांग्रेसले अन्य दलका मतदातालाई भगाएर एकपक्षिय रुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने भन्दै विपक्षी दलहरु सडकमा उत्रेका हुन्। त्यसै विषयलाई लिएर गाउँपालिका भवनमा…