इनरुवामा २० बेडको कोभिड अस्पताल सञ्चालनको तयारी

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएकालाई सुनसरीकाे सदरमुकाम इनरुवामा २० बेडको अस्पताल सञ्चालनको तयारी गरिएको छ ।...

सम्बन्धित सामग्री

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

निजी अस्पतालमा पनि कोभिड–१९ का बिरामीको उपचार

वाग्मती, २७ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित दुई वटा अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । मकवानपुरमा रहेको चुरेहिल अस्पतालमा आइसियूसहितको १० शैया र मकवानपुर सहकारी संस्थाद्वारा सञ्चालित मकवानपुर सहकारी अस्पतालमा २५ शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको हो । जिल्ला कोभिड­१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार ती दुबै […]

वीरगञ्ज महानगरले तयार पार्‍यो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]

कोरोना अस्पताल सञ्चालनको तयारी

काठमाडौं, वैशाख २४ । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गरेको सम्बोधन कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा […]

कोरोना अस्पताल सञ्चालनको तयारी

वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ ।कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले कार्ययोजन

कोरोना अस्पताल सञ्चालनको तयारी

वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २० गते गर्नुभएको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।

इनरुवामा २० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी

सुनसरी (अस) । कोरोना संक्रमित बढ्दै गएपछि सुनसरीको इनरुवामा २० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको छ । संक्रमित बिरामीको उपचार स्थानीयस्तरमै उपलब्ध गराउन इनरुवा नगरपालिकाले कोभिड अस्पताल सञ्चालनको तयारी गरेको हो । केही दिनअघि इनरुवा–३ का एकै परिवारका आठजनामा कोरोना संक्रमण देखिएकोमा दुईजनाको मृत्यु भएको थियो । स्थानीयले आफ्नै शहरमा उपचार पाउन नसकेपछि नगरपालिका अस्पताल सञ्चालनमा ल्याउन लागिपरेको हो । स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रूपमा कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी अघि बढाएका छन् । स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको आकस्मिक कक्षलाई कोभिड अस्पतालको रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकमा सहभागी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले स्थानीयस्तरमै उपचारको व्यवस्था मिलाउन कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए । मेहतासहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयको टोलीले कोभिड अस्पताल सञ्चालनका लागि इनरुवा अस्पतालको संरचना निरीक्षण समेत गरेको थियो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार आवश्यक उपकरण र स्रोतसाधन जुटाएर तीन दिनभित्र कोभिड अस्पताल सञ्चालनमा ल्याइनेछ । सञ्चालनमा ल्याउन लागिएको शøयाको अस्पताल सुविधासम्पन्न रहने उनले बताए । अस्पतालको अन्य सेवा प्रभावित नहुनेगरी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको उनको भनाइ छ ।