नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९/८० को बजेटमा धेरै कुराहरु राम्रो भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।उनले बजेटमा उल्लेखित योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । उनले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै