भागरथी घटनाको अनुसन्धानमा खटिएका थापाद्वयको पदोन्नति

काठमाडौं । भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई जना प्रहरीको एक तह बढुवा भएको छ । बैतडीकी किशोरी को बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापाले महत्वपूर्र्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरुको एक तह बढुवा गरेको हो। बढुवा भएका थापाद्वयलाई बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख... The post भागरथी घटनाको अनुसन्धानमा खटिएका थापाद्वयको पदोन्नति appeared first on Purbeli News.

सम्बन्धित सामग्री

भागरथी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने सात प्रहरी पुरस्कृत

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या अनुसन्धानमा संलग्न दुई प्रहरीको बढुवा भएको छ । उत्कृष्ट कार्य गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल दरबन्दीका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायव निरीक्षक (सई) मा र प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दारमा पदोन्नति भएका हुन् । आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गरेको भन्दै उनीहरुलाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अन्य ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् । असई पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका ७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धान गरेका थिए । यस्तै, कैलाली धनगढी उपमहानगरपालिका १० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउदलाई तस्करहरुको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका १ बस्ने ७१ वर्षीया खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न पनि थापाले भूमिका निर्वाह गरेका थिए । प्रहरी हवल्दार नरबहादुर थापाले उपरोक्त तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणी पछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भागरथी हत्या घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने कार्यमा खटिएका ५ जना प्रहरी कर्मचारीहरु नगद पुरस्कार प्रदान गरिएको छ । नगद पुरस्कार पाउनेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम राज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दीका प्रहरी नायव उपरीक्षक पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायव निरीक्षक दुर्गाकुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोकबहादुर कुँवर रहेका छन् । बैतडी दोगडाकेदार ...