खोल्सीगाउँका गर्भवती महिला स्वास्थ्य संस्था जाँदैनन्

जिल्लाको एउटा सिङ्गो गाउँका गर्भवती महिलाहरू गोठमै सुत्केरी हुने गरेको पाइएको छ । गाउँमा प्रसूति गृह नहुनु र गाउँवासीमा सुरक्षित सुत्केरी गराउने कुरामा जानकारी पाएर पनि त्यसलाई अटेरी गरेको कारण गर्भवती महिलाहरूले गोठ गोठमा सुत्केरी हुनु परेको हो ।

सम्बन्धित सामग्री

वडामा एउटा पनि स्वास्थ्य संस्था छैन,उपचार गर्न अर्को गाउँ जानुपर्ने

छिमेकी सिमकोट गाउँपालिकाको वडा नं ८ को खोल्सी गाउँको स्वास्थ्यचौकीमा उपचारलाई जाने गरेको स्थानीय रिकजेन लामाले बताए। गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिन आग्रह गर्दा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे। गाउँमा गर्भवती महिला सुत्केरी हुन झन समस्या भएको छ।...

बच्चा जन्माउन स्वास्थ्य संस्था पुग्दैनन् सिंजाका महिला

आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि अनिवार्य स्वास्थ्य संस्था वा प्रसुती गृहमै गर्भवती महिला सुत्केरी हुनु पर्ने सरकारको नीति रहेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गर्नका लागि प्रोत्साहन गर्नका लागि सरकारले प्रोत्साहन भत्ताको व्यवस्थापन पनि गरेको छ । तर स्वास्थ्य संस्थामा सुत्केरी हुने गर्भवती महिलालाई ल्याउनका लागि सडक र एम्बुलेन्सको पहुँच नहुदा सिंजा गाउँपालिका वडा नम्बर ५ र ६ नम्बर वडाका महिला घरमै सुत्केरी हुने गरेका छन् ।यी दुई वडा सिंजाका दुर्गम स्थानमा पर्दछ । सिंजामा दुई वडा

हिमा गाउँपालिका अध्यक्षको प्रतिबद्धता : सबै नागरिकलाई नि:शुल्क स्वास्थ्य बिमा

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहाँले गाउँपालिकाको पहिलो निर्णय सबै नागरिकको स्वास्थ्य सहज गर्न नि:शुल्क स्वास्थ्य बिमा गर्ने बताउनुभयाे । यस्तै, नमूनाका लागि भैरव आधारभूत विद्यालयमा अंग्रेजी शिक्षा शुरु गर्ने, सबै वडा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्री वाईफाई तथा सीसी क्यामरा जडान गर्ने, ज्येष्ठ नागरिक,गर्भवती महिला, विपन्न, अपांगता भएका व्यक्तिका लागि नि:शुल्क एम्बुलेन्स स...

छब्बीस हजारलाई ‘पौष्टिक लिटो’ , बजेट कतौटी हुँदा लिटोको चिन्ता

कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रममार्फत २६ हजार १५७ जनाले पौष्टिक आहार (लिटो) लिएका छन्। विश्व खाद्य कार्यक्रममार्फत पाँच जिल्लाका गर्भवती, बालबालिका र स्तनपान गराइरहेका महिलालाई १० वर्षदेखि पौष्टिक पिठो वितरण गरिँदै आएको छ। गर्भवती तथा स्तनपान गराइरहेका १० हजार महिला, छ महिनादेखि २३ महिनासम्मका आठ हजार ३९ जना बालक, आठ हजार ११८ जना बालिकाले पौष्टिक आहार लिइरहेका छन्। मुगु र हुम्लामा सप्रोस नेपाल काठमाडौँले र कालीकोट, डोल्पा तथा कालीकोटमा मनहरि विकास संस्था (एमडीआई) हेटौँडाले लिटो वितरणको जिम्मा पाएका छन्। यी जिल्लामा १३५ स्वास्थ्य संस्था छन्। ती सबैबाट पौष्टिक लिटो वितरण हुने गर्दछ। कुपोषणमा कमी विश्व खाद्य कार्यक्रम प्रदेश कार्यालय सुर्खेतका अनुसार प्रत्येकले एक प्याकेट (तीन किलो) लिटो प्राप्त गर्छन्। विश्व खाद्य कार्यक्रमका प्रदेश संयोजक अमृत गुरुङका अनुसार साबिक कर्णालीका पाँच जिल्लामा मासिक ७८.४७ मेट्रिक टन पोसिलो पिठो वितरण हुने गरेको छ। पोसिलो पिठो वितरणपछि कर्णालीका गर्भवती महिला तथा छ महिनादेखि २३ महिनासम्मका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने र आमामा हुने रक्तअल्पता रोगमा कमी आएको बताइन्छ।

राेल्पाका ९० प्रतिशत गर्भवती महिला अझै जाँदैनन् स्वास्थ्य संस्था

राेल्पा । मातृ तथा बाल मृत्युदरमा कमी ल्याउने भन्दै सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि रोल्पामा अझै पनि ५० प्रतिशतभन्दा बढी महिलाले घरमै...

स्वास्थ्य संस्था जाँदैनन् अधिकांश गर्भवती महिला

सिन्धुलीका ग्रामीण भेगका अधिकांश महिला गर्भवती भएको समयमा अस्पताल जाँदैनन् । गर्भवती भएको बेलामा समय समयमा नजिकैको पायक पर्ने स्वास्थ्य संस्थामा निःशुल्क रूपमा गरिने चेकजाँचमा समेत महिला जाने गरेका छैनन् ।