पर्वत जिल्लाको समग्र विकासका लागि आयोजना गरिएको छैटौं पर्वत महोत्सव आज बिहीबारदेखि सुरु हुँदैछ ।
सदरमुकाम कुश्माबजारको बडागाउँ खेल मैदानमा संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको बिहीबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
आज (बिहीबार)देखि माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा २ सय वटा स्टल रहेका छन् ।