भरतपुर अपडेट : वडा नम्बर १ मा काँग्रेसका महर्जन विजयी

भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् । महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।