पाथीभरा हिमपात, तीर्थ यात्रीहरू प्रभावित

ताप्लेजुङ– ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो । हिमपातले बाटो पुरिएपछि तीर्थयात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ’आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभार मन्दिर क्षेत्र प्रवेश […]

सम्बन्धित सामग्री

तीन कोठामा पाँच कक्षा, नगरपालिकाले बजेट नदिँदा पठनपाठन प्रभावित

पाँचथरः जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुवात भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीन कोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८/७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका लागि रकमको प्रबन्ध गरेपछि नयाँ भवन निर्माण सुरु भयो । भवन मर्मतमा बजेट छुट्टिए पनि प्राविधिक लागत अनुमान परिवर्तन गरी दुई क

३५ विद्यार्थी, पाँच कक्षा, तीन कोठा

१० कात्तिक, पाँचथर । जनप्रतिनिधि परिवर्तनपछि अघिल्लो आर्थिक वर्षमा सुरुआत भएका योजनामा यस वर्ष बजेट नछुट्टिँदा पाँचथरको एक विद्यालयको भवन अलपत्र बनेको छ भने विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । जिल्लाको फिदिम नगरपालिका–११ फलाँटेस्थित पाथीभरा आधारभूत विद्यालयको तीनकोठे कच्ची भवन भत्कन थालेपछि गत वर्ष भत्काइयो । आव २०७८/७९ को बजेटमार्फत फिदिम नगरपालिकाले नयाँ भवन निर्माणका […]

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा गएराती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ । मेची राजमार्ग अन्र्तगत सेसबुमा गएराती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।

बिजुलीकाे काम पूरा नहुँदा पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित

ताप्लेजुङ – बिजुलीको काम पूरा नहुँदा ताप्लेजुङको पाथीभरा मन्दिरमा पानी पुर्‍याउने काम प्रभावित भएको छ । पवित्र तीर्थस्थल पाथीभरा मन्दिरमा बिजुली भएको भए एक महिना अगाडि नै पानी पुग्ने थियो ।  पाथीभरा मन्दिरमा 'लिफ्टिङ' प्रविधिबाट पानी पुर्‍याउन सबै काम सकिएको छ । पानीको मुहानमा पम्प जडान भएको छ भने बलुडाँडामा पनि काम सकिएको छ । तर केन्द्रीय विद्युत् प्रसारण लाइन जडानको काम भइरहेकोले पानी पुर्‍याउन नसकिएको ठेकेदार कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले बताउनुभयो ...

पाथीभरा हिमपात, तीर्थ यात्रीहरू प्रभावित

ताप्लेजुङमा चौथो पटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो । हिमपातले बाटो पुरिएपछि तीर्थ यात्रीहरूलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पुरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ’ उनले भने ।पाथीभरा

ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

ताप्लेजुङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।      गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । घुन्साका टासीतेन्जी शेर्पाका अनुसार हिमपातका कारण पशुचौपाया बचाउन मुश्किल भएको छ ।      यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि बाक्लो हिमपात भएको स्थानीयवासी तेन्जी शेर्पाले बताए । भले, ग्याप्ला तथा मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङमा समेत हिमपात भएको मिक्वाखोला–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताए । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । यस वर्ष जिल्लामा पुस १३ र १४ गते पहिलोपटक हिमपात भएको थियो । रासस

हिमपातले पाथीभरा आउने तीर्थयात्री फुङ्लिङमै रोकिए

हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।

हिमपातले पाथीभरा आउने तीर्थयात्री प्रभावित

गत मङ्गबार र बुधबार भएको हिमपातका कारण ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री प्रभावित भएका छन् । झण्डै एक सय तीर्थयात्री सदरमुकाम फुङ्लिङमा रोकिएका छन् ।समुद्र सतहदेखि तीन हजार ४०० मिटरको  उचाइमा पर्ने पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएसँगै  पूजापाठ गर्न आउने तीर्थयात्री सदरमुकाममै रोकिएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । बाक्लो हिउँ जमेकाले तत्काल पग्लिने सम्भावना नरहेको उनले बताए । हिमपातले पाथीभरा जाने पदर

राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित

दुई सातादेखि मेची राजमार्ग अवरुद्धका कारण पाथीभरा आउने भत्तजन प्रभावित भएका छन् ।