काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । हिजो गठबन्धनका केही नेता र प्रधानमन्त्रीको सचिवालयले आज बैठक बस्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएपछि बैठक रोकिएको हुनसक्ने बुझिएको छ । बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने भनिएको थियो ।