माओवादीको विश्लेषण : भरतपुरमा जगन्नाथको उम्मेदवारीको रेणुको जित सहज

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेसका  जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेणु दाहालको जित सहज भएको निष्कर्ष निकालेको छ । जगन्नाथले माओवादीमा नआउने काँग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेणुलाई सजिलो भएको ठम्याई माओवादीको छ ।‘मतगणनामा देखिएको भोटिङ प्याटर्न हेर्दा जगन्नाथजीको उम्मेदवारी नभएको भए काँग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो’, माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले शनिबार आफ्नै न