स्वयम्भूको मनाङ गुम्बाभित्रको एउटा कुनामा मनाङवासीको समूह घाममा माला जप्दै बसिरहेका छन् । केही गुम्बालाई दाहिने पारेर घुम्दैछन् । केही भने बुद्धको मूर्ति अघि घुँडा टेकेर प्रार्थना गर्दैछन् । बाहिर घाम ताप्दै बसेकाहरु चुनावी गफ गर्दैछन् । चुनाव आएसँगै केहीले भोट हाल्न गाउँ जाने योजना बनाउँदै छन् । कोही भने यसपालि गाउँ नजाने अडानमा छन् ।काठमाण्डौको गैरीगाउँ बस्ने मनाङ नासोँ गाउँपालिकाका अभिप्रसाद पुनेलले गाउँ छोडेको २५ वर्ष पुग्यो । परिवार सबै यतै छन् । यसपालि चुनावमा भोट हाल्न गाउँ जाने तयारी गर्दै हुनुहुन्छ । यहाँबाट...