पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना : RajdhaniDaily.com - पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना

RajdhaniDaily.com | काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ । महासंघमा रहेको - पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना

सम्बन्धित सामग्री

भक्तपुर उद्योग वाणिज्य संघद्वारा सहयोग हस्तान्तरण

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुर नगरपालिकाले स्थापना गरेको आइसोलेसन सेन्टर र अक्सिजन प्लान्ट सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । संघका अध्यक्ष प्रदिप श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई संघको तर्फबाट दुई लाख रूपैयाँ र तीन थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गरे ।उक्त अवसरमा भक्तपुर नगरपालिकाका मेयर श्री सुनिल प्रजापतिले संघको सहयोग तथा सदभावका लागि धन्यवाद […]

एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।

एनआरएनएले २ करोडको 'अक्सिजन कन्सनट्रेटर' उपकरण नेपाल पठाउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ। संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता बसेको आकस्मिक बैठकले एक सयवटा अक्सिजन कन्सनट्रेटरहरु पठाउने निर्णय गरेको हो। बैठकमा कोरोनाविरुद्ध लड्न आइसोलेसन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान सञ्‍चालन गर्न आवश्यक रहेको औंल्याएका थिए।

अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,  चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको हो । यस्तै, लेखबेंसी नगरपालिका, सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल स्थापना गरेको जनाएको छ । मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सिटी हल मेहेलकुनामा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको हो । कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारलाई सहज बनाउन अक्सिजनसहितको आइसोलेसन र कोभिड अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरे पनि आवश्यक परे सिटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुनका अनुसार सेवा–सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहेलकुना अस्पताललगायतको टिम परिचालन गरिएको छ । ‘कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश सरकारसँग समन्वयका लागि पूर्वतयारी गरिरहेका छौँ’, पुनले भने । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधासम्पन्न अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । चौकुने गाउँपालिका–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमबारदेखि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष  धीरबहादुर शाहीले बताए । तत्कालका लागि १२ बेडको आइसोलेसन बनाइएपनि आवश्यक परे ५० बेडसम्मको बनाउन सकिने उनले जानकारी दिए । दशाहीका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ वटा अक्सिजन सिलिन्डर रहेका छन् । उनले थप अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताए । ‘भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’ गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन् । स्थानीय तहले अस्थायी रूपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भए आईसीयू वा भेन्टिलेटरमा राख्न प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको छ । जिल्लाभरि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम हुँदै गएको छ । कर्णाली प्रदेश सरकारले तत्कालै करारमै भए पनि स्वास्थ्यकर्मीको अभावलाई पूरा गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

कोरोना संक्रमितको उपचारका लागि अजय देवगणले खोले निःशुल्क आइसोलेसन सेन्टर

काठमाडौं। बलिउड अभिनेता अजय देवगनले मुम्बइमा कोभिड केयर सेन्टर स्थापना गरेका छन्। आनन्द पण्डितसँग मिलेर मुम्बइका विभिन्न स्थानमा सेन्टर खोलेका हुन्। २० वेडको ति सेन्टरमा बिरामीहरुले निःशुल्क आईसीयू, अक्सिजन, भेन्टिलेटरको सुविधा पाउनेछन्। यो सेन्टरमा विरामीको उपचारमा हुने सबै खर्च अजय र आनन्दले बेहोर्नेछन्। यसअघि अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए।

बुटवलमा अक्सिजन बैंक स्थापना

बुटवल उपमहानगरपालिकाले आइसोलेसनमा रहेका संक्रमितहरुलाइ लक्षित गरेर अक्सिजन बैंक स्थापना गरेको छ । नगरभित्रका आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका संक्रमितहरुलाइ आवस्यक परेको अवस्थामा अक्सिजन बैंक मार्फत तत्काल अक्सिजन उपलब्ध गराइने छ । नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरीएको बैंकमा अक्सिजनका सिलिण्डर,सिलिण्डर बोक्ने गाडी,एम्बुलेन्स र स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राखीएको छ ।

दोगडाकेदारमा अक्सिजनसहितको आइसोलेसन सेन्टर

बैतडी :  दोगडाकेदार गाउँपालिकाले अक्सिजन सिलिण्डरसहित आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको छ। नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि रोकथाम तथा नियन्त्रणको लागि बैतडीका स्थानीय तहहरूले तयारी थालेका हुन्। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा गरि अक्सिजनसहितको १३ बेडको आइसोलेसन कक्ष निर्माणको तयारी भएको हो। गाउँपालिकाको वडा-३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा- ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको स्थापनाको तयारी...