प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन भएन : मन्त्री शर्मा

सल्यान : कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले राजनीतिक संघीयता कार्यान्वयन भए पनि प्रशासनिक र वित्तीय संघीयता पनि कार्यान्वयन नभएको बताएका छन्। प्रशासनिक र वित्तीय संघीयता कार्यान्वयन नहुँदा संघीयताका उपलब्धिलाई संस्थागत गर्न समस्या भएको बताए। बुधबार साँझ सल्यान खलंगामा प्रेस सेन्टर नेपाल सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन निर्माणमा ढिलाइ भएको बताए। कार्यालय र कर्मचारी संघ मातहत हुँदा प्रशासनिक र वित्तीय कार्यान्वयन ...