चितवनमा थप दुई स्थानमा वर्डफ्लू भेटियो, अपनाइयो उच्च सतर्कता

जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा वर्डफ्लू देखिएको छ।  जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका–६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा वर्डफ्लू देखि...

सम्बन्धित सामग्री

उच्च सतर्कता अपनाउन महाशाखाको अलर्ट, कहाँ कहाँ छ बाढीको सम्भावना?

काठमाडौं : विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम…

काठमाडौँमा अझै तीन घण्टा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र कोरिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  “पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ […]

आजको मौसम : यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ । नदी तटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको […]

काठमाडौँका नदीमा बढ्याे पानीकाे सतह, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैँ- काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ। जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ। नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज […]

बर्डफ्लुको संक्रमण बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं (अस) । चराचुरुंगी तथा पन्छीजन्य रोग बर्डफ्लुको संक्रमण बढ्दै गएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले संक्रमण नियन्त्रणका लागि उचित कदम चाल्न नसक्दा करीब २ महीना अवधिमा १३ ओटा जिल्लामा बर्डफ्लुको संक्रमण फैलिसकेको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष बर्डफ्लुको संक्रमण बढेको बताए । मन्त्रालय र पशुसेवा विभागले आकलन गरेको भन्दा व्यापक रूपमा संक्रमण दर फैलिएकाले उच्च सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् । संक्रमण दर दिनप्रतिदिन बढ्दै गए पनि संक्रमण तत्काल रोक्न जनशक्ति र बजेटको अभाव रहेको उनले बताए । संक्रमण रोकथाम तथा क्षतिपूर्तिका लागि विभागसँग यस वर्ष १ करोड २१ लाख रुपैयाँ बजेट छ । तर हालको संक्रमणको अवस्था हेर्दा यसको नियन्त्रणका लागि १० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । विभागका अनुसार हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, कास्की, मोरङ, उदयपुर, सुनसरी, बारा, पर्सा र धनुषामा बर्डफ्लुको संक्रमण पुष्टि भइसकेको छ । विभागले सूचना जारी गर्दै संक्रमण भेटिएका स्थानबाट अन्य स्थानमा पशुपन्छी तथा मासुको ओसारपसार नगर्न र सम्पूर्ण पोल्ट्री व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालले संक्रमण ठूला फार्महरूमा व्यापक रूपमा फैलिरहेकाले थोरै जनशक्तिले काम गर्न समस्या भइरहेको बताए ।

इलाम, झापा र मोरङका धेरै स्थानमा भारी वर्षा, नदी वरपर उच्च सतर्कता अपनाऔं

काठमाडौं।बाढी पूर्वानुमान महाशाखाले अहिले इलाम, झापा र मोरङमा भारी वर्षा भइरहेकोले नदी तथा खोला वरपरका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखालेसूचनामा भनेको छ, “हाल इलाम, झापा,मोरङको धेरै स्थानमा भारी वर्षा र थप वर्षा हुने,मेची, विरिङ, निन्दा,कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा,बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने, रातिसम्म उच्च सतर्कता अपनाऔं।”

आज यी क्षेत्रमा खतरा बढ्न सक्ने, उच्च सतर्कता अपनाउन आग्रह

गण्डकी, १७ असार । बाग्मती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै अविरल वर्षा भइरहेको छ । आज जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा तनहुँको बिमल नगर, बन्दीपुर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरेको छ । ती स्थानका स–साना […]

बर्डफ्लूप्रति उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू रोगप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भारतका विभिन्न स्थानमा बर्डफ्लू सङ्क्रमण पुष्टि भएसँगै विशेष गरी तराईका क्षेत्रमा उच्च सतर्कता आपनाउन मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले मातहतका सात वटा सीमानाका कार्यालयलाई बुधबार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिए । “नेपालमा भारतको हिमाचल प्रदेशबाट बर्डफ्लू भित्रिने सम्भावना उच्च रहेको छ । सङ्क्रमणलाई ध्यानमा राख्दै केही समय हिमाचलसँगै भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको हो” उनले भने । उनका अनुसार सीमानाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । “खुला सीमानाका हुँदा सीमाभन्दा बाहिरबाट समेत कुखुरा भित्रने सम्भावना उच्च रहेको छ, बर्डफ्लू नियन्त्रण आदेशको अधिकार प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीलाई सम्पर्कमा बस्न आग्रह गरिएको हो” उनले भने । मन्त्रालयले काँकडभिट्टा, वीरगञ्ज, भैरहवा, कृष्णनगर, नेपालगञ्ज, कैलाली तथा गड्डाचौकी नाका, प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोतसाधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो । मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए । मन्त्रालयअन्तर्गत देशभर १६ पशु क्वारेन्टिन कार्यालय छन् । देशभर कतै ठुलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ । भारतको मध्यप्रदेश, केरला, राजस्थान र हिमाचल प्रदेशमा बर्डफ्लू पुष्टि भएको बताइएको छ ।