जीवन खर्च बढेपछि भारतमा सेवानिवृत्तहरूले धमाधम झिक्न थाले बचत

जेठ १२, नयाँदिल्ली (भारत) । पछिल्लो समय विश्वभर महँगी चुलिएको छ । विश्व बजारमा कच्चा तेलदेखि खाने तेल र अधिकांश अनाजको भाउ बढेपछि यसको प्रभाव सबैतिर पोखिएको छ । यसो प्रभावबाट भारत पनि अछुतो छैन ।  उच्च अदालतका ६६ वर्षीय वकिल टिएल वाली अवकाश कहिले होला भनेर कुरिरहेका थिए । महँगी बढेसँगै दैनिक जीविका टार्न गाह्रो हुँदै गएपछि उनी अब आफ्नो बचतमा निर्भर हुन बाध्य भएका छन् । औषधि, घुमफिर र घरायसी खर्चको जोहो गर्न सेवा निवृत्तिपछि पनि काम गर्नु पर्ने अवस्थामा उनी पुगेका छन् । ‘म सेवानिवृत्त जीवनबारे सोच्न पनि सक्दिन’, बचतको पैसा हुलाक बचत बैंक आएका उनले रोयटर्सलाई भने । गर्जो टार्न उनले फलफूल किन्न छाडेका छन्, बाहिर खानपिन ठप्प बनाएका छन् अनि आफन्तलाई भेट्न छोडेका छन् । अहिले उनको आम्दानी कोभिड–१९ को महामारी शुरु हुनु भन्दा अगाडिको भन्दा आधा कम छ । महामारी अघि जेनतेन गुजारा गरिरहेका उनलाई अहिले गुजारा टार्न कठिन भएको छ ।   मुद्रास्फीतिले उनी र लाखौं अन्य वृद्ध भारतीयहरू कठिन विकल्प रोज्न बाध्य पारेको छ । महामारीका कारण विश्वव्यापी आपूर्तिमा उत्पन्न समस्यासँगै खाद्य र इन्धनमा भएको तीव्र मूल्य वृद्धिले उनी मात्रै होइन विश्वभरका वृद्धहरूमाथि मार परेको छ । अनि युक्रेन युद्धले उनीहरूका घाउमा नूनचुक थपेको छ । राज्यबाट प्राप्त हुने थोरै निवृत्तिभरणले अल्पसङ्ख्यक सेवानिवृत्तलाई उचित स्वास्थ्य सेवा बहन गर्न सघाएको छ । भारतमा साठी वर्ष र त्यसभन्दा माथिको उमेरका करिब एक करोड ५० लाखमध्ये झण्डै १० प्रतिशत  घरबारविहीन छन् । गत महिना भारतमा उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति ७ दशमलव ७९ प्रतिशतमा उक्लिएको थियो । यो विगत आठ वर्ष यताकै उच्च हो ।  उपभोक्ता मूल्य सूचकाङ्कको झण्डै आधा हिस्सा ओगटेको खाद्य वस्तुहरु गहुँ, खाने तेल, तरकारी, फलफूल, मासु र चियाको मूल्य एक वर्षमा १० देखि २५ प्रतिशतले बढेको छ । खाना पकाउने ग्यास र पेट्रोलको भाउमा ४० प्रतिशतभन्दा बढीको वृद्धि हुँदा न्यून आय भएकाहरू पिल्सिएका छन् । मुद्रास्फीतिले वृद्धवृद्धालाई सबैभन्दा ठूलो धक्का दिएको, ६० वर्ष वा सोभन्दा बढी उमेरका १३ करोड ८० लाख भारतीयहरुले बाँच्नका लागि पर्याप्त कमाउन  काम गरिरहेका हेल्पएज इन्डिया च्यारिटीकी निर्देशक अनुपमा दत्त बताउँछिन् । धेरै सेवानिवृत्तहरू दशकौंअघि गरिएको बचतमा निर्भर छन् । दैनिक उपभोग्य सामान खरिदका लागि आफ्ना बचत खाताबाट उनीहरूले धेरैभन्दा धेरै रकम निकालिरहेका छन् ।  यसैबीच, भारतको केन्द्रीय बैंकले उच्च मुद्रास्फीति कम्तिमा आगामी सेप्टेम्बरसम्म कायम रहने चेतावनी दिएको छ । भारतको समग्र बचत दर गत मार्चमा समाप्त भएको आर्थिक वर्षमा ३० प्रतिशतभन्दा तल झरेको अनुमान गरिएको छ, जुन महामारी अघि ३२ प्रतिशतभन्दा बढी थियो । अर्थशास्त्रीहरूले अर्काे वर्ष पनि प्रवृत्तिमा परिवर्तन हुने आशा गरेका छैनन् । दीर्घकालीन निक्षेपको औसत ब्याजदर पनि विगत तीन वर्षमा ८ दशमलव ५ प्रतिशतबाट झरेर ६ प्रतिशत कायम भएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टीले पनि मुद्रास्फीतिको मारमा विशेषगरी वृद्धवृद्धाहरू परेको स्वीकार गरेको छ । भाजपाका आर्थिक मामिला प्रवक्ता गोपाल कृष्ण अग्रवालले खाद्यान्न र स्वास्थ्य सेवा सहयोगसहित उनीहरूको सुरक्षाको लागि सक्दो प्रयत्न सरकारले गरिरहेको बताएका छन् । महामारी राहत कार्यक्रमको एक भागको रूपमा सरकारले करिब ८० करोड जनसङ्ख्यालाई निःशुल्क खाद्यान्न उपलब्ध गराएको छ । सप्ताहन्तमा भारतले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा अन्तः शुल्क घटाएर मूल्यमा उच्च कटौतीो घोषणा गरेको छ । अन्य अनुदानहरू पनि घोषणा गरिएका छन् । यसले मात्रै जनताहरुलाई महँगीबाट राहत दिने छैन । राज्यले निवृत्तिभरणस्वरुप प्रतिमहिना २०० रुपया उपलव्ध गराउँछन् भने केही राज्यले मासिक १ हजारदेखि २ हजार रुपयासम्म दिन्छन् ।  आफूले पाउने मासिक १ हजार रुपयाको निवृत्तिभरणले दुई छाक पनि खान नपुग्ने पूर्वी शहर कोलकाता निवासी एक मजदूरकी ७० वर्षीया विधवा गीता सेनले भनिन् । ‘प्रायः मैले खानाको लागि छिमेकीहरूसँग उधारो वा भिक्षा माग्नुपर्छ,’ बस्तीको एउटा घरमा एउटा कोठा भाडामा लिएको सुनाउँदै उनले भनिन् । भारतमा वृद्ध हेरचाह घरहरू निकै कम छन् । धेरैजसो सेवानिवृत्तहरू सहयोगको लागि परिवारमा निर्भर छन् ।  कोभिड–१९ को प्रकोप आउनुअघि देशभर एक हजार एक सय  वृद्धाश्रम थिए ।  ती वृद्धाश्रम चन्दाबाट सञ्चालित भएको टाटा समूहको परोपकारी शाखा टाटा ट्रस्टले गरेको अध्ययनले देखाएको छ । लागत बढ्दै जाँदा तिनीहरूमा पनि सञ्चालनको चुनौती थपिएको छ । खाना, औषधि र इन्धनमा भएको वृद्धिले तरकारी, फलफूल, औषधि र हेरचाह प्रदायकहरूको खर्च घटेको छ । दिल्लीमा रहेको परोपकारी संस्था शिओसका निर्देशक सौरभ भगतले चार सयभन्दा बढीलाई खानपानको व्यवस्था गर्न तीनवटा आश्रम चलाउँदै आएको र अहिले मासिक खर्च २० प्रतिशतले बढेको बताए । ‘हामी अब फलफूल किन्ने बारे सोच्न नसक्ने भएका छौं,’ महँगीको मारमा खर्च कटौती गर्न बाध्य भएको बताउँदै  भगतले भनेका छन् । एजेन्सीहरु

सम्बन्धित सामग्री

सहकारी पीडितहरु सडक आन्दोलनमा, बचतकर्ताहरुको प्रश्न- यसपछि के ?

काठमाडौं । डेढ वर्ष अगाडि सुमेरु डेभलपमेन्ट सहकारीमा डेढ लाख मुद्दती बचत गरेका रामकाजी महर्जन बचत परिपक्व भएपछि झिक्न गए । तर, उनले आफूले गरेको बचत फिर्ता पाएनन् । अनेक बहानामा उनलाई सहकारीले पटक पटक फर्कायो । उनले आफ्नो बचत फिर्ता पाउन चहार्नुपर्ने जति निकाय धाए । तर, पनि उनको केही लागेन । वर्ल्डलिङ्क ग्रिलमा […]

सहकारी एक महिनादेखि बन्द रहँदा बचतकर्ता मारमा

दाङ : तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेका छन्। सहकारी एक महिनादेखि बन्द छ।सहकारीको शाखा कार्यालयमा  बचतकर्ता रकम झिक्न दिनदिनै पुग्ने गरेका छन्। तुलसीपुर बीपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनी अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। ‘एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौम् दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो, उनले भने, ‘साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्र

बैंकबाट आफ्नै पैसा झिक्न एक महिलाले बनाइन् कर्मचारीलाई बन्धक

लेबनान (बेरुत) । लेबनानको राजधानी बेरुतस्थित एउटा बैंकमा एकजना महिलाले आफ्नो रोक्का गरिएको बचत खाताबाट पैसा झिक्न अनुमति लिनका लागि त्यहाँका कर्मचारीहरूलाई बन्दुक देखाएर बन्धक बनाएकी छन् ।  उनले आफ्नी बिरामी बहिनीको औषधोपचार खर्च तिर्नका लागि यो कदम उठाएकी हुन् । १३ हजार अमेरिकी डलर भुक्तान गरिएपछि उनी बैंकबाट हिँडेको बताइएको...

काठमाडौंबाट अर्को सहकारी बेपत्ता, विभाग बेखबर

काठमाडौं । सर्वसाधारणको निक्षेप गुट्मुट्याएर भागेको एकपछि अर्को घटना सेलाउन नपाउँदै काठमाडौंको अर्को एक सहकारी ६ महिनादेखि बेपत्ता भएको छ । बौद्ध टुसालमा रहेको अक्षता बचत तथा ऋण सहकारी बन्द गरेर ६ महिनादेखि सञ्चालक सम्पर्कविहीन भएपछि आफूले बचत रकम निकाल्न नपाएको डम्बरबहादुर राईले बताए । उनले भने, ‘हामीले ६ महिनाअघि आफ्नो बचत रकम झिक्न चाहेका […]

चीन : जीवनभरको बचत गुमाएका उपभोक्ताहरुको रकम सरकारले तिरिदिने

चीनको एक सरकारी निकायले एउटा वित्तीय काण्डको शिकार भएका उपभोक्ताको रकम तिरिदिने बाचा गरेको छ । खराब ऋणका कारण बैंक नै टाट पल्टिएपछि हेनान र अन्हुई प्रान्तका पाँच ग्रामिण बैंकका उपभोक्ताले आफूले जम्मा गरेको रकम अप्रिलदेखि झिक्न पाएका छैनन् । सोमबार राष्ट्रिय बैकिङ नियामक संस्थाले एक वक्तव्य जारी गर्दै सबै उपभोक्ताले बैंकमा जम्मा गरेको रकम पाउने बताएको छ  । ५० हजार युयानसम्म रकम जम्मा गरेका उपभोक्ताको रकम शुक्रबारदेखि दिइन सुरु गर्ने चाइना बैकिङ नियामक आयोगले बताएको छ । अन्य उपभोक्त

एनआईसी एशिया लघुवित्तको ‘सर्वश्रेष्ठ सबल बचत खातामा’ १३ प्रतिशत सम्म ब्याज

एनआईसी एशिया लघुवित्तले २०७८ चैत्र २३ गतेबाट संस्थामा आवद्ध तथा सम्भाव्य सेवाग्राहीसदस्यहरुका लागी  ‘सर्वश्रेष्ठ सबल बचत खाता’ सञ्चालनमा ल्याएको छ ।यस आतामा सेवाग्राहीहरूले १० प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याज, कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट, बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा समेत प्राप्त गर्न सक्नेछन् । सबल बचत खाताका बिशेषताहरु:सर्वश्रेष्ठ बचत खातामा बार्षक १० देखि १३ प्रतिशतसम्म बार्षिक व्याजदर कायम गरिएको छ । पाकेको ब्याज खातामा त्रैमासिक रुपमा जम्मा गरिन्छ । सेवा शुल्कमा कर्जा लगानी रकमको ०.२५ प्रतिशत ।बिना धितो कर्जामा कर्जाको व्याजदरमा ०.२५ प्रतिशत रहेको छ ।धितो कर्जामा कर्जाको व्याजदरमा ०.५० प्रतिशत छुट रहेको छ ।बचतको आधारमा १ लाख देखि ५ लाख सम्मको दुर्घटनामा बिमा रहेको छ ।  यस बचत खातामा ब्द्यद्यक् को सुविधा उपलब्ध भएकोले जुनसुकै शाखाबाट पनि झिक्न÷राख्न मिल्नेसदस्यले ई–सेवा मार्फत पनि आवश्यक विवरण भरि बचत रकम जम्मा गर्न सक्नेसंस्थाले मुलुकभर ७४ जिल्लामा २८५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ

मुक्तिनाथले ल्यायो उत्कृष्ट बचत खाता, दुर्घटना बीमा र मासिक ब्याज सहितका सुविधा

मुक्तिनाथ विकास बैंकले  “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।  यस खातामा बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गरिने , रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा प्रदान गरिने र मासिक ब्याज दिईने बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले मात्र रु १०,०००÷– को न्यूनतम मौजदातमै यस खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्ग को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

सिभिल बैंकमा सर्वाधिक ब्याजसहितको वरिष्ठ बचत खाता

काठमाडौं (अस) । समाजका वरिष्ठ व्यक्तित्वको सम्मान गर्दै सिभिल बैंकले वरिष्ठ बचत खाता ल्याएको छ । खातामा बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउनेछ । ५८ वर्षभन्दा माथिकाले न्यूनतम मौज्दात १० हजार रुपैयाँमा खोल्न सकिने यस बचत खातामा वार्षिक ६ शून्य दशमलव ५ प्रतिशतको ब्याजदर प्रदान गरिनेछ । ब्याजको भुक्तानी मासिक रूपमा उपलब्ध गराइने बैंकले बताएको छ । यसबाहेक विशेष सेवाअन्तर्गत रकम राख्न र झिक्न बैंकले घरदैलो सेवा पनि उपलब्ध गराउनेछ । कोरोना महामारीबाट सिर्जित कठिन अवस्थालाई दृष्टिगत गर्दै ग्राहक सुविधा तथा आवश्यकतालाई विचार मासिक भुक्तानी तथा घरदैलो सेवा उपलब्ध गराइन लागेको बैंकको भनाइ छ ।

आफ्नै रकम झिक्न नपाउँदा बचतकर्ता मर्कामा

बझाङ : डडेलधुरा अमरगढी नगरपालिका–५ घरभइ बझाङ सदरमुकाम चैनपुरमा होटल ब्यवसाय गर्दैआएका शिवराज पन्त र उनको श्रीमती रीताको संयुक्त खातामा हुलाक बचत बैंकमा १० लाख रुपैयाँ बचत छ। दुई छोराछोरीको गरी पन्त परिवारको ११ लाख सात हजार रुपैयाँ बचत छ। खातामा ११ ला बढी रकम बचत भएर पनि पन्त परिवारले आहेकोबेला एक रुपैयाँ पनि झिक्न पाएका छैनन्। पन्त परिवार जस्तै बझाङमा एक हजार सात सय जना बचतकर्ताले बचत गरेको रकम झिक्न पाएका छैनन्। जिल्ला हुलाक कार्यालयका निमित प्रमुख रण बहादुर कठायत र हुलाक ब