काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२२ अघि भइरहेको ‘ट्रफी टुर’ का दौरान नेपालमा पनि विश्वकपको ट्रफी आइपुग्दैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार ट्रफी आगामी भदौ १४ गते नेपाल आइपुग्नेछ। १५ गतेसम्म नेपालमा हुने ट्रफीलाई सगरमाथाको वेस क्याम्पमा पुर्याइने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। क्यानले ट्रफीलाई सगरमाथाको वेस क्याम्पनबाहेक भक्तपुर दरबार क्षेत्र र जनकपुरधाममा लैजाने योजना बनाएको […]