प्रचण्ड र माधव नेपालबीच भेट, गठबन्धन कायम राख्नुपर्नेमा जाेड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।  आज शुक्रवार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा रहेकाे नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुग्नुभएको थियो ।  भेटवार्ताका क्रममा अलमलमा परेकाे वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवाद...