पर्वत : उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा हुने सातौँ संस्करणको महोत्सव बुधवारदेखि सुरु हुँदै छ। समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको र माघ २१ गतेसम्म चल्ने महोत्सवको सबै तयारीहरू पुरा भएका छन्।
पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले तयारीका सबै काम अन्तिम चरणमा पुगेको र दर्शकलाई स्वागतका लागि तयार भएर बसेको बताए। महोत्सवको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले गर्ने तय भएको छ। गिरी पर्वत जिल्लाबाट इतिहासमा पहिलो पटक क्याबिनेट मन्त्री बनेका छन्।
...