मुगुका स्थानीय सरकारहरुले विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरसविरुद्घ रकम खर्च गर्न थालेका छन । लकडाउन सुरु भएको तेस्रो साता बितिसक्दा पनि कतैबाट सहयोग नभएपछि यहाँका स्थानीय सरकारहरुले आफ्नै पालिकाको विपद् व्यवस्थापन कोष स्थापना गरेर कोरोना भाइरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्न थालेका हुन् ।