केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान

काठमाडौं- केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ। विभागले आज साझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ । उक्त राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए । […]