तस्वीर :  सेती नदी जलविद्युत् आयोजनाको निर्माणाधीन बाँधस्थल

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको बाँधस्थलमा निर्माण भइरहेको एप्रोच क्यानल र सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडबाट प्रवर्द्धित सो आयोजना रू. पाँच अर्बको लगानीमा बन्ने भएको हो । तस्वीर : रासस

सम्बन्धित सामग्री

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओले कति पाउँला ओपन रेञ्ज ?

काठमाडौं ।  भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओले रू. १२१ दशमलव ७८ देखि ३६५ दशमलव ३४ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ७८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ । कम्पनीको आईपीओ मङ्सिर ५ गते बाँडफाँट भएको हो । कम्पनीको आईपीओ २ लाख ७ हजार ५ सय २८ जना आवेदकले कम्पनीको शेयर पाएका थिए । यीमध्ये ५ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले शेयर पाएका छन् ।  कम्पनीले कात्तिक १६ देखि २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएको छ । कम्पनीले गत फागुन २१ गते ३८ लाख २५ हजार किता  आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीेले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना (सेती हाइड्रोपावर) निर्माण गरिरहेको छ ।

सेती हाइड्रोपावरकाे निर्माण सुरू

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना (सेती हाइड्रोपावर) निर्माण सुरु गरेको छ।

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्र्ण क्षमतामा शुरु हुने भएको छ । माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा गत वैशाखदेखि काम शुरु भएको आयोजनाको हाल ‘एप्रोच कल्भर्ड’ र पानी थिग्राउने पोखरी ‘सेटलिङ बेसिन’ को खन्ने काम जारी रहेको छ । अगामी भदौ १५ देखि थप जनशक्ति, मेशिन तथा उपकरण प्रयोग गरेर निर्धारित समयभित्र आयोजना सक्ने गरी दुई सिफ्टमा सिभिलतर्फको काम तीव्रताका साथ अघि बढाइने आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा प्रालिले जनाएको छ ।