असुरक्षित अफगानहरूको लागि ८ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभासे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिक समेतलाई लक्षित गरी थप भिषाको प्रस्तावलाई अनुमोदन गरिएको हो । अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग सँगै काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन गरेको निवेदनपछि यो निर्णय आएको हो । त्यस्तै १० हजार अफगानीले तेस्