हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले आफ्नी श्रीमतीलाई प्रतिष्ठानको कार्यालय सहायकमा नियुक्त गरेका छन्।प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्नुपर्ने प्रावधान मिचेर प्रसाईंले श्रीमती कमला प्रसाईं निरौलालाई कार्यालय सहायकमा नियुक्त गरेका हुन्। उक्त पदमा एक जना कर्मचारी माग भएकोमा रजिष्ट्रार प्रसाईंकी श्रीमतीसहित पाँचजनाले आवेदन दिएका थिए। रजिष्ट्रार प्रसाईं उम्मेदवारहरूको परीक्षा र अन्तर्वार्तामा सहभागी भएका थिए।प्रसाईंको संयोजकत्वमा रहेको पदपूर्त