लागु औषधको प्रयोगले आउँदो मंसिर २१ हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रभाव पार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै ईलाका प्रहरी कार्यालय वर्दिवासले लागु औषधविरुद्ध अभियान सुरु गरेको छ । लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय बर्दिबासले सक्रियता बढाएको बर्दिबासका प्रमुख डिएसपी प्रविण पोख्रेलले बताए । अभियानको क्रममा प्रहरी चौकी हाथिलेटबाट खटिएको टोलीले बर्दिबास नगरपालिका –८ स्थित मिलन चोकबाट लागु औषधसहित एक युवकलाई पक्राउ गरिएको छ ।