गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेका सांसद शाही मंगलबार समितिको सभापतिमा चयन भएका हुन् । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीको विरुद्ध उम्मेदवार दिएका थिए । छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।
पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। प्रदेश प्रमुख सीता पौडेलले दिएको२४ घण्टाको समय सकिनुअघि गुरुङले राजपाका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनसहित दावी गरेका हुन्। २७ गते गुरुङले लिएको विश्वासको मतमा बहुमत नपुगेपछि सरकार ढलेको थियो।
काठमाण्डौ – राष्ट्रिय जनमाेर्चाका प्रदेश सभा सदस्य कृष्ण थापा फेरि पदमुक्त हुनुभएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त गरिदिन सभामुखलाई पत्र पठाएका थिए । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा पत्र पढेर सुनाउनु भएसँगै थापा फेरि पदमुक्त हुनुभएको हो ।
यसअघि पनि राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही स्वरूप सांसद पदबाट हटाएको थियो । तर सर्वोच्च अदालतले थापालाई पुनर्बहाली गरिदिएको थियो । पार्टीको ह्विप उल्लङ्घन गरेकाले थापालाई पदमुक्त गरिएको जनम...
२० जेठ, पोखरा । गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको दिन २२ माघ २०७४ मा आकर्षणको केन्द्र बनेका थिए, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा । पहिलो पटक रोस्टममा बोल्न उभिएका थापाले बागलुङे लवजमा संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ संज्ञा दिएपछि अरु पार्टीका सांसद मुखामुख गरेका थिए । संघीयताको विरोध गर्दागर्दै प्रदेशसभा सांसद भएका थापाले त्यही […]
पोखरा। गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन्। आजको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आजको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए। थापा बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित सांसद हुन्।
कास्की – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको जानकारी गराएको छ ।
आजै बस्ने प्रदेश सभा बैठकमा थापालाई पदमुक्त गरिएकाे सूचना पढेर जानकारी गराउने तयारी छ । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नेपाली कांग्रेसका उम्म्दवारकाे पक्षमा हस्ताक्षर नगरेपछि उहाँलाई जनमाेर्चाले कारबाही गरेको हो ।
थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।
न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् । जनमोर्चाका महासचिव मनोज भट्ट र गण्डकी प्रदेश संसदीय दलकी नेता पियारी थापाले बिहीबार दिउँसो १२ बजे प्रदेश सभा सचिवालयमा थापालाई दलबाट निष्कासन गरेको पत्र बुझाएका छन् । थापालाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा दर्ता भएसँगै उनलाई यसबारे जानकारी गराइसकिएको प्रदेशसभाका […]
पोखरा । जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य र गण्डकी प्रदेश सभामा सदस्य समेत रहेका थिए । सांसद थापालाई पहिलो चरणमा १ वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।उनले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्
बागलुङ । राष्ट्रिय जनमोर्चाका तर्फबाट गण्डकी प्रदेश सांसद एवम् प्रदेश मामिला सभापति कृष्ण थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । राजमो बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापाले एक विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्दै संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो ।
राष्ट्रिय जनमोर्चाका परिषद सदस्यसमेत रहेका थापा चढेको ग१झ३७१ नम्बरको गाडी पुस १७ गते योजना अनुगमनका क्रममा बरेङ गाउँपालिकाको साग्दीमा राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति पुर्याइएको थियो ।
राजमो बरेङ गाउँपालिकाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एवम् गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा यस बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा यसै गाउँ पालिकाको वडा न. ५ सुखौरा देखी वडा न. ४ सल्यान हुँदै वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग१ झ३७१ न. को गाडी राति पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षतिग्रस्त गराएको घटना प्रति राजमो बरेङ गाउँ समिति खेद तथा निन्दा प्रकट गर्दै अपराधिक गतिविधिमा संलग्न समूह वा व्यक्तिको अनुसन्धान गरि तत्काल कानुनी कार्वाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’
त्यस्तै, राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले पनि सांसद थापाको गाडीमा तोडफोड गर्नेहरुमाथि कारवाही गर्न माग गरेको छ । राजमो जैमिनी नगर समितिका अध्यक्ष दिल बहादुर श्रीसले एक विज्ञप्ति प्रकाशित गरी घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको छः ‘यही मिति २०७७ साल पौष १७ गते का दिन राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य एबम गण्डकी प्रदेश मामिला सभापति माननीय कृष्ण थापा बरेङ गाउँपालिकाका आफ्ना मतदाता भेटघाट तथा योजनाहरुको अनुगमनका सन्दर्भमा बरेङ गाउँपालिका वडा न. ३ बाटाकाचौर साग्दीमा पुगेको बेला माननीय कृष्ण थापाले प्रयोग गरेको गण्डकी प्रदेशको ग.१ झ.३७१ न.को गाडी राती पार्किङ गरेको अवस्थामा तोडफोड गरि क्षति ग्रष्त गराएको घटना प्रति रा.ज.मो. जैमिनी नगर समिति खेद तथा निन्दा ...