चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लगायत सहभागी रहेका थिए । यसअघि शनिबार विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई देशबीच ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।विदेशमन्त्री वाङले शनिबारै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका