पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्न सरकारलाई निर्देशन दिने सत्ता गठबन्धनको निर्णय

काठमाण्डाै - सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थमा लागेका करहरू कटौती गर्ने निर्णय भएको छ । सरकारले यो विषयलाई आजैका दिनदेखि लागू गरेमा पेट्रोलियम पदार्थको मूल्यमा कटौती हुनेछ । यसबारे निर्णय गर्...