कोरोनाको युद्धमोर्चामा स्वास्थ्यकर्मीहरु ‘गोली सकिएका सिपाही’जस्ता

बुटवल । कोरोना संक्रमणको दोस्रो लहरले मुलुकलाई नराम्ररी प्रभावित तुल्याउँदै गएको छ । अस्पतालहरू भरिभराउ हुन थालेका छन् भने गम्भीर प्रकृतिका संक्रमितहरुका लागि स्वास्थ्योपचारको प्रवन्ध गर्न निकै सकस हुन थालेको छ ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतम कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएका कारण देशको स्वास्थ्य प्रणाली नै चर्मराउने अवस्थामा पुगेको बताउँछन् । भौतिक संरचना, जनशक्ति, स्वास्थ्य सामग्रीको अभावका कारण यतिबेला दक्ष स्वास्थ्यकर्मीहरु पनि कोरोनाविरुद्धको लडाइँमा हत