भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै च्याम्पियन बनेको हो ।एसकेडियुएन टोली उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न जेष्ठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो । स्वर्ण जित्ने नेपाली खेलाडीहरुमा वर्षा के.सी. १३ वर्ष, झरना के.सी. १४ वर्ष, सुरोज राजबाहक १५ वर्ष, एन्जीला राई १६ वर्ष, शाहिल घले १६ वर्ष, सर्मिला वाइवा १७ वर्ष, पुष्पका लामा ४५ केजी, वर्षा बुढामगर