घरमा काम गर्न राखेकी किशोरी बलात्कार, भक्तपुरबाट एक जना पक्राउ

काठमाडौं । घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन्। उनले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।