नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । संविधान निगरानी समूहद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले, ‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो ।’ यस्तै आजै पेरिसडाँडामा बसेको नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटीको बै