राप्रपाका उम्मेदवारले विन्ध्यवासिनीमा खाए भ्रष्टाचार नगर्ने कसम

पोखरा – राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन्। आफ्नो मनोनयन दर्ताको अघिल्लो दिन मेयरको उम्मेदवार शंकर खराल र उपमेयरकी उम्मेदवार रञ्जना सेन पौडेलले कसम खाएका हुन्। राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई भ्रष्टाचार मुक्त समाज […]

सम्बन्धित सामग्री

भ्रष्टाचार नगर्ने भन्दै भगवत गीता छोएर सांसद शर्माले लिए शपथ

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भगवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भगवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ

भ्रष्टाचार गर्दिन भन्दै दमकका मेयर थापाले भगवान साक्षी राखेर गरे प्रण

झापा : दमक नगरपालिकाका नवनिर्वाचित मेयर रामकुमार थापाले भगवानलाई साक्षी राखेर भ्रष्टाचार हुन नदिने प्रण गरेका छन्।राप्रपाबाट निर्वाचित मेयर थापाले नगरपालिकामा पदभार ग्रहण गर्नु पूर्व स्थानीय दुर्गा मन्दिर पुगेर भगवानलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खाएका हुन्।राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह सदस्य निर्वाचनमा टिकट वितरण गर्नुअघि नै पार्टीका नेता तथा कार्यकर्तालाई भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने कसम खुवाएका थिए।सोही निर्देशन बमोजिम नगरपालिकामा नवनिर्

भ्रष्टाचार नगर्ने कसम खाए राप्रपा उम्मेदवार राजु फुयालले

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कागेश्‍वरी मनोहरा नगरपालिकाका मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खाएका छन्। फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका हुन्। राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्‍न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता पनि व्यक्त […]