नक्कली पीसीआर रिपोर्ट देखाएर विदेश जान लाग्दा समातिए भारतीय नागरिक, परीक्षण गर्दा रहेछन् पोजेटिभ

काठमाडौं : नक्कली पीसीआर परीक्षणको रिपोर्ट लिएर बिदेश जान लागेको अवस्थामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक तसलिम अहमदलाई पक्राउ गरिएको हो। साउदी अरेबिया जान लागेका भारतीय नागरिकको रिपोर्टमा शंका लागेर उनको पुनः पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गर्दा रिजल्ट पोजेटिभ आएको प्रहरीले जानकारी दिएको…

सम्बन्धित सामग्री

नक्कली पीसीआर रिपोर्ट तयार गर्ने हेल्थ एसिसटेन्टसहित २ जना पक्राउ

चितवन : चितवन प्रहरीले नक्कली पीसीआर रिपोर्ट तयार गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देव हस्पिटल प्रालि चौबीसकोठीका हेल्थ एसिसटेन्ट सन्दीप सापकोटा र रत्ननगर नगरपालिका वडा नम्बर ६ बस्ने प्रकाश न्यौपाने रहेका छन्। उनीहरुमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

कान्तिपुर र नागरिक सामुदायिक अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट

काठमाडौँको तीनकुनेमा सञ्चालित कान्तिपुर अस्पताल र भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालको ल्याबले नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको थाहा भएको छ । कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट ‘नक्कली’ बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।कान्तिपुर अस्पतालको ल्याबबाट नक्कली पीसीआर रिपोर्ट बनाउने कर्मचारी माधव मैनाली र बिचौलिया नगेन्द्रकुमार यादवलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । नागरिक कम्युनिटी अस्पतालको ल्याबका मेनेजर प्रशन्न

नक्कली पीसीआर रिपोर्ट प्रकरण : गंगालाल अस्पतालका ल्याब इन्चार्ज बर्खास्त

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्जलाई बर्खास्त गरिएको छ । छानबिन समितिको सिफारिसका आधारमा ल्याब इन्चार्ज विनोद कुमार यादवलाई बर्खास्त गरिएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले रातोपाटीलाई बताए । डा. अधिकारीले भने–‘भविष्यमा हृदय केन्द्रका लागी अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरिएको छ ।’ ल्याब इन्चार्ज यादवले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र प्राइभेट ल्याबको नाममा स

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा १ जना पक्राउ

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकडभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ । सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल

सीनामंगलको सूर्य ल्याबमा प्रहरीको छापा, नक्कली पीसीआर रिपोर्ट बनाएको आरोप

काठमाडौं । काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा प्रहरीले छापा मारेको छ । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । स्वाब नै नलिइकन सो ल्याबले कोरोना संक्रमण नेगेटिभ भएको रिपोर्ट दिने गरेको भेटिएको छ । ४ जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको एसएसपी खापुङले बताए ।स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ल्याब संचालकमाथि कारवाही गरिने एसएसपी खापुङले बताए ।

मेनपावरका एजेन्टले बनाउँछन् नक्कली पीसीआर रिपोर्ट

काठमाडौं । फ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’विमानका कर्मचारीले शंका लागेर जाँच गर्दा उनीहरुको पीसीआर परिक्षण रिपोर्ट नक्कली रहेको भेटियो । पीसीआर रिपोर्ट नक्कली पुष्टि भएपछि विमानस्थलका कर्मचारीले उनीहरुलाई प्रहरीको जिम्मा लगाए ।नक्कली पीसीआर रिपोर्ट देखाएर विमान चढ्न लागेका ७ जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुर

नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ जना पक्राउ

१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको  टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको […]