जुवा खेलिरहेको अवस्थामा १ लाख नगदसहित ११ जना पक्राउ

काठमाडौं। प्रहरीले साेमबार साँझ जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेकाे छ। काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१३ घर भएका ५० वर्षीय रकम तामाङले संचालन गरेको सलिना खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित११ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे। तामाङ भने हाल काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलामा बस्दै आएका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ […]