केन्द्रीय बैंकले १२ अर्बको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस १२ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।  ट्रेजरी बिल १ वा १ वर्षभन्

सम्बन्धित सामग्री

अमेरिकामा बैंकहरू धराशयी भएको महीनापछि पनि हटेको छैन बैंकिङ क्षेत्रको खतरा !

काठमाडौं । एक महीनाअघि अमेरिकामा एकपछि अर्को गर्दै सिलिकन भ्याली बैंक (SV Bank) र सिग्नेचर बैंक धराशयी बने । ती घटनाले विश्वभरका बैंकिङ क्षेत्रमा त्रास उत्पन्न गराइदियो ।  विश्वभरका बैंकिङ क्षेत्रमा देखिएको त्यो खतरा अहिले यथावत् छ कि हटिसक्यो ? बैंकहरूलाई खुट्याउनै मुश्किल भइरहेको छ । तर, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (Federal Reserve)ले बैंकिङ संकटबारेको अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेपछि बैंकिङ क्षेत्रको अवस्थाबारे थाहा पाउन सकिनेछ । उसले आगामी शुक्रवार उक्त रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।  अहिले बैंकहरूको निक्षेपको अवस्था हेर्दा सो स्थिति टरेको अनुमान भने लगाउन सकिन्छ ।  तर, मूडिजकी प्रबन्ध निर्देशक एना आर्सोभ बैंकहरूमाथि खतराको तलबार अहिले पनि झुन्डिरहेको बताउँछिन् । एसभी बैंक र सिग्नेचर बैंक धराशयी बनेपछि बैंक अफ अमेरिका, जेपी मोर्गन चेज र सिटी बैंकबाट अमेरिकाका मझौला अनि क्षेत्रीय बैंकहरूले कीर्तिमानी स्तरमा आफ्नो निक्षेप फिर्ता लगेका थिए ।  फर्ष्ट रिपब्लिक बैंकको कुल निक्षेप पहिलो त्रैमासमा ४१ प्रतिशतले घटेर १ खर्ब ४ अर्ब ५० करोड डलरमा झरेको थियो । निक्षेप गतिविधि मार्चको अन्त्यदेखि नै स्थिर भएको फर्ष्ट रिपब्लिक बैंकका सीईओले भनेका थिए । अमेरिकामा सानादेखि ठूलासम्म सबै बैंकहरूको अवस्था यस्तै भएको फेडको बैंकिङ डेटाले देखाएको थियो ।  कसरी निम्तियो संकट ? फेडले दशकौंयताकै उत्कर्षमा उक्लिएको महँगीलाई नियन्त्रण गर्न आक्रामक रूपमा ब्याजदर बढाएपछि पछिल्लो बैंकिङ संकट निम्तिएको हो । फेडले ट्रेजरी बिल (Treasury bills) बेचरै भए पनि ब्याजदर बढाइरह्यो । यस्तो गर्दा ऋणपत्र ओरालो लाग्यो अनि यसको प्रतिफल बढ्न थाल्यो । ग्राहकले जम्मा गरेको अधिकांश रकम ऋणपत्रमा लगानी गरेकोले एसभी बैंकलाई समस्या भएको थियो । पैसा जोहो गर्ने अन्य बाटो बन्द भएपछि बैंकका निक्षेपकर्ता (अधिकांश स्टार्ट अप र अन्य प्रविधि कम्पनीहरू)ले आफ्नो निक्षेप झिक्न बाध्य भए । निक्षेप फिर्ताको अनुरोध पूरा गर्न एसभी बैंकले घाटै खाएर भए पनि ऋणपत्र बेच्यो । अधिकांश बैंकहरूले ऋणपत्रमा लगानी गरेका हुन्छन् । तर एसभी बैंकमा समस्या भने बैंकको कष्टमर बेस पर्याप्त तवरले विविधिकृत नहुँदा निम्तियो । निक्षेपकर्ताका अधिकांश निक्षेपको बीमा नहुनु अर्को समस्या थियो । यसकारण ब्याजदर वृद्धिको चपेटामा अरु बैंकभन्दा छिटै एसभी बैंक आयो । अमेरिकामा फेडरल निक्षेप बीमा संस्थान (Federal Deposit Insurance Corporation)ले निक्षेपकर्ताहरूको २ लाख ५० हजार डलरसम्मको रकम बीमा गरिदिएको हुन्छ । तर, बीमाको सीमाभन्दा माथिको रकम निक्षेपकर्ताहरूलाई फिर्ता गरिदिने सरकारको घोषणाले अन्य बैंक अनि निक्षेपकर्ताहरूले राहतको सास फेर्न पाए ।  अब के होला ? एसभी बैंकको पतनपछि अहिले पनि अन्य बैंकहरूमा ग्राहकहरूले आत्तिएर फिर्ता लगेको निक्षेप फर्किएको छैन । महँगी बढेको बेलामा सर्वसाधारणसामु बच्ने एउटै उपाय भनेको बैंकमा भएको निक्षेप झिक्नु वा ऋण लिएर भए नि खर्च धान्नु हो । आगामी नीतिगत बैठकमा फेडले ब्याजदर बढाउने अनुमान चर्किएको छ । यस्तोमा बैंकहरूबाट थप निक्षेप बाहिरिने निश्चित भएको विश्लेषकहरू बताउँछन् ।  बैंकिङ क्षेत्रको अप्ठ्यारो यतिमै रोकिन्छ कि अरु बैंकहरू पनि फेलियर होलान् ? यो अहिले नै बताउन सकिने अवस्था छैन । गएको हप्ता मूडिज इन्भेष्टर्स सर्भिसले अमेरिकाका ११ ओटा क्षेत्रीय बैंकको आउटलूकलाई घटाइदियो । एकै पटक कुनै रेटिङ एजेन्सीले यति धेरै बैंकको रेटिङ घटाइदिएको यस्तो घटना विरलै देख्न पाइन्छ ।  यी बैंकहरूमा फर्ष्ट रिपब्लिक बैंक, यूएस बैंककर्प, वेष्टर्न अलाएन्स आदि थिए । आफ्नो पूँजी बढाउन बैंकले थप निक्षेपकर्ताहरूलाई आकर्षित गर्ने हो भने बढी ब्याज तिर्नु पर्नेछ । यसले उनीहरूको मुनाफा कम हुनेछ । ब्याजदर नै बढाए पनि एसभी बैंकमा देखिएको जस्तै गरी निक्षेप पलायन नहोला भन्ने ठोकुवा गर्न सकिने ठाउँ छैन ।  अनि यी बैंकहरू अहिले सतहमा देखा नपरेका झट्काहरूको चपेटामा आउने सम्भावना पनि धेरै भएको आर्सोभ बताउँछिन् । ठूला बैंकहरूसँग पूँजी पर्याप्त भएको अनि ब्याजदर वृद्धिलगायतको दबाब सहन सक्ने गरी उचित तरिकाले व्यवस्थापन गरिएको उनको भनाइ छ । थप मझौला अनि साना बैंकहरू धराशयी बने भने ठूला बैंकहरू पनि दबाबमा आउने निश्चित छ । एजेन्सी