आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले बारा–४ को प्रदेशसभा निर्वाचन ‘ख’ मा उम्मेदवारी दिएका छन् । एमालेको समर्थनमा चुनावी मैदानमा खडा भएका उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी नेपाल (जसपा) का आत्मराम प्रसाद साहसँग हुने देखिन्छ ।सोही क्षेत्रबाट ५ स्वतन्त्रसहित जनमत पार्टी, हाम्रो नेपाली पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन