कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सुनुवाइका लागि सोमबार पनि पेशी तोकिएको छ । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले हस्ताक्षरलाई मान्यता दिएर सरकार गठन गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा सो रिट परे पनि हेर्न भ्याइएको थिएन ।