काठमाडौंको बूढानीलकण्ठस्थित रिह्याब सेन्टर (सुधार केन्द्र) मा एकजना युवकको शंकास्पद मृत्यु भएको छ । ‘अल्कोहलिक’ भएर रिह्याबमा राखेको तीन दिनमा तनहुँ घर भएका २५ वर्षीय टुकराज श्रेष्ठको मृत्यु भएपछि परिवार आक्रोशित भएका छन् । स्थानीय पासिकोटमा रहेको ‘वे अफ लिभिङ ड्रग्स एण्ड अल्कोहल’ रिह्याबमा कात्तिक २४ गते मध्यरातमा श्रेष्ठको मृत्यु भएको थियो । परिवारले उनलाई कात्तिक २१ मा सुधार केन्द्रको जिम्मा लगाएका थिए । सुधार केन्द्रले मृत्युपछि मात्र परिवारलाई खबर गरेक