काठमाडौं, २० बैशाख । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले एनभीए राष्ट्रिय भलिबल लिगमा दोहोरो सफलता हात पारेको छ । खेलमा आर्मीले महिला तथा पुरुष दुवैतर्फ सफलता हात पारेको हो । महिलातर्फ आर्मीले एभरेष्ट भलिबल क्लब रुपन्देहीलाई २५–१९, २५–७, २५–१८ को सोझो सेटमा हरायो। जितसँगै आर्मीले आफ्नो खातामा तीन अंक […]