झापा : स्थानीय प्रहरीको मिलेमतोमा भारतबाट तस्करी गरी ल्याइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले इलामबाट बरामद गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालय सुनसरीबाट खटिएको विशेष टोलीले इलामको सूर्योदय नगरपालिका– २ स्थित लालिखर्क भन्ने स्थानबाट २८ पोका औषधि बरामद गरेको हो।भारतबाट तस्करीको माध्यमबाट औषधि भित्रिएको गोप्य सूचनाको आधारमा बाहिनी मुख्यालयबाट खटिएको विशेष टोलीले सोमबार राति स्थानीय काजी गोलेको ग्वाली घरमा लुकाएर राखेको औषधि बरामद गरेको डिआइजी कमल गिरिले जानकारी दिए।ब