काठमाडौं : हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आम मतदातालाई आह्वान गरेको छ।सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय निर्वाचन लड्ने तयारी गरिरहेका वेला उक्त दलले यस्तो आह्वान गरेको हो। शनिबारबाट काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी नेता डा. शिवजी यादवले जनताले मत दिने अधिकार कटौती गर्ने भएकाले आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पारे।त्यस अवसरमा उनले आफ्नो दलले आम जनता र खासग