मनाङमा ३ दिनदेखि बेपत्ता कामदारको शव भेटियो

मनाङको मनाङ ङिस्याङ गाउँपालिका ५, सब्जेको स्याउ फार्ममा कार्यरत गोरखाका ४३ वर्षीय क्षेत्रबहादुर गुरुङ हराएको ३ दिनपछि मृत भेटिएका छन् । डीएसपी सुवास खड्काका अनुसार मुङ्जे र सब्जेबीचको मर्स्याङ्दी नदीमाथि रहेको पुलबाट झण्डै २ किलोमिटर तल हुम्डे नजिकै ङोरुडाँडामुनी मर्स्याङ्दी नदी किनारमा मंगलबार शव फेला परेको हो ।

सम्बन्धित सामग्री

हिमपहिरोमा बेपत्ता तीनजनाको शव भेटियो

काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका-१ बेलिनमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेमध्ये तीनजनाको शव भेटिएको छ।हिजो दिउँसो गएको हिमपहिरोमा पुरिएका ५ मध्ये दुई महिला र एक युवकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।उनका अनुसार दुई महिलाको सनाखत भएको छैन भने युवक जुहु गाउँपालिका-४ का १८ वर्षीय प्रवीण कुँवर रहेका छन्।भौगोलिक कठिनाइका कारण फेला परेका शव निकाल्न नसकिएको प्रजिअ जोशीले बताए। बाँकी बेपत्ता दुईजनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। यार्सागुम्बा

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

काठमाडौं, ९ बैशाख । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। आज दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो। महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै […]

बेपत्ता बालकको शव भेटियो

बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडीखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो ।बालकको शव आज हाँडीखोला र इन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिए । उनले बर्खाको समयमा नदी तथा खहरे खोला आसपास नजान समेत आग्रह गरे । उनले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताए ।

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

चितवन, २६ चैत । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे […]

भेरीमा बेपत्ता बालबालिका : एकको शव भेटियो

सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो । बेपत्ता बालबालिकाको खोजीका लागि सुर्खेत नम्बर ३२ रक्तकाली गणबाट विपद् उद्धार तथा बाँकेको शम्शेरगञ्जस्थित रिजर्भ गणबाट गोताखोर टोली परिचालन गरिएको थियो । रक्तकाली गण सुर्खेतका प्रमुख विमल डाँगीले मेहेलकुना अस्पतालमा परीक्षणपछि शव परिवारलाई बुझाइएको जानकारी दिए । दिनेशसँगै बेपत्ता

रुबीभ्याली पहिरोमा पुरिएकामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

काठमाडौँ, २ माघ। धादिङको रुबीभ्याली गाउँपालिका- १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले एकजनाको शव भेटिएको जनाएको छ। प्रहरीका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो।अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो […]

चार दिनदेखि बेपत्ता किशोरीको शव भेटियो

जनकपुरधाम– सर्लाहीमा चार दिनदेखि घरबाट बेपत्ता भएकी एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ । गत साउन ३१ गतेदेखि घरबाट बेपत्ता भएकी लालबन्दी नगरपालिका १७ की १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको हो । हत्या गरिएको अवस्थामा मंगलवार राति शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब ३ किलोमिटरको दुरीमा कालिन्जोर […]

सर्लाहीमा खोलामा युवतीको शव भेटियो

प्रकाश मैनाली सर्लाही । गत साउन ३१ गते रातिदेखि बेपत्ता सर्लाही रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राति मृत अवस्थामा फेला परेकी छिन् । युवतीको शव घरदेखि करिव ३ किलोमिटर पर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो । मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए […]

बेपत्ता युवकको शव भेटियो

काठमाडौं : पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–३ सर्दीस्थित डम्रे खोलाले बगाएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।बझाङ स्थायी घर भई २४ वर्षीय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा बेपत्ता भएका थिए। उनको शव सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो।

त्रिशूलीमा बेपत्ता एक युवाको शव भेटियो

चितवन ।  पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो । भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्काे एक जनाको बुधबार शव भेटिएको थियो । निर्माणाधीन अवस्थामा […] The post त्रिशूलीमा बेपत्ता एक युवाको शव भेटियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.